Scope Saving & Credit Co-operative Society Ltd.   Access Bronze Award
Home About Us Saving & Loan Committees Members News & Activities Photo Gallery Links Contact Us
News & Activities
स्वास्थ्य शिविर - प्रतिवेदन
Posted by Administrator on 2015-04-13

स्वास्थ्य शिविर

प्रतिवेदन

५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्कोप बचत तथा ऋण सहकारी संस्था लि., सौगल र नन्द पोलिक्लिनिक प्रा. लि. महापालको संयुक्त आयोजनामा मिति २०७१ चैत्र २८ गते ललितपुर सौगलमा स्वास्थ्य शिविरको आयोजना गरि सफलतापूर्वक सम्पन्न भयो । संस्थाले वित्तीय एवं समुदाय प्रति थप सेवा पुर्याउने उद्देश्यले नन्द पोलिक्लिनिक संग समन्वय गरी यो शिविर आयोजना गरिएको हो । सो शिविरमा डा. कृष्ण कुमार श्रेष्ठ (मुटु रोग विशेषज्ञ), डा. प्रिति बज्राचार्य श्रेष्ठ (स्त्री रोग विशेषज्ञ), डा. सुनिता बज्राचार्य राजभण्डारी (स्त्री रोग विशेषज्ञ), डा. देवेश मुनि बज्राचार्य (बाल रोग विशेषज्ञ), डा. विज्ञ कायस्थ (हाडजोर्नी विशेषज्ञ), डा. निरभ कुमार (नाक, कान, घाँटी विशेषज्ञ), डा. सुनिल शाक्य (चर्म तथा यौन रोग विशेषज्ञ) ले आफ्नो अमूल्य समय दिई आ–आफ्नो विषयतर्फ स्वास्थ्य उपचार गर्नु भएको थियो । शिविरमा बाल तथा ज्येष्ठ नागरिक, महिला र सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा सदस्य, गैर सदस्य गरि जम्मा २२० जनाले सहभागिता जनाएको थियो । शिविरमा E.C.G. सेवा, Lab सेवा तथा निःशुल्क औषधि वितरण गरिएको थियो । स्वास्थ्य जाँचका लागि शिविरको दिन नाम दर्ता गर्नेहरुलाई नन्द पोलिक्लिनिकमा १ महिना भित्र सेवा लिएमा बढिमा ५०% सम्म छुट सहित उपचार गरिने व्यवस्था पनि गरिएको छ । आगामी दिनमा पनि यस सस्थाको स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको छ ।

१) Ultrasound (Abdomen, Pelurs) - रु. ३००।–
२) Ultrasound Special - रु. ६००।–
३) E.C.G. - रु. १००।–
४) X-Ray - रु. २५०।–
५) Thyroid - रु. ५००।–
६) Pap Smear - रु. २००।–
७) Echo - रु. १०००।–
८) सम्पूर्ण शरिर परिक्षण (थाइराइडल समेत) - रु. १४००।–
९) प्याथालोखी ल्याब प्याकेजमा - ५०% छुट







 
<< Back
 
News & Activities News & Activities
22nd AGM Report and Decision
Posted by : SCOPE Cooperative Ltd. on 2015-11-03
बाल चित्रकला प्रतियोगिताको आयोजना
Posted by : Administrator on 2015-06-01
स्वास्थ्य शिविर - प्रतिवेदन
Posted by : Administrator on 2015-04-13
More »
 


Photo Gallery Photo Gallery
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाज्यू लगायत सहकारी व्यक्तित्वहरुकाे संस्थामा भ्रमण   सहकारी सम्बन्धी जानकारीमूलक कक्षा
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाज्यू लगायत सहकारी व्यक्तित्वहरुकाे संस्थामा भ्रमण   सहकारी सम्बन्धी जानकारीमूलक कक्षा
More »
 
 
 
 
Home About Us Introduction Goal Objectives Saving & Loan Saving Schemes Loan Schemes Committees Advisors Board of Directors Account Supervision Committee Loan Sub Committee Promotion Sub Committee Education Sub Committee Women Sub Committee Management Team Past Presidents Youth & Handicraft Sub Committee Members News & Activities Photo Gallery Links Contact Us
Copyright 2026 © SCOPE Saving & Credit Co-operative Society Ltd.   Website Design & Development By Ways Interactives